+
+

रहेनन् गोरखाका कर्खा गायक लालबहादुर गन्धर्व

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १३:१६

२५ माघ, गोरखा । गोरखाका लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । भीमसेनथापा गाउँपालिका–१ घ्याम्पेशाल निवासी उनको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

उनी केही समययता क्यान्सरबाट पीडित थिए । घ्याम्पेशालस्थित आफ्नै निवासमा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । ९ वर्षको कलिलै उमेरदेखि उनले सारंगी बजाउने गर्थे । सारंगी बजाउने कलाले उनलाई रेडियो नेपालमा जागिर खाने अवसर प्राप्त भएको थियो ।

२०२२ सालमा रेडियो नेपालमा जागिरे भए । २० वर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए । २०२२ सालमा ‘खरबारीको छेउ’ बोलको गीत रेकर्ड गराइ २०२७ सालसम्म रेडियो नेपालमा जागिरेका रुपमा सेवा गरेका थिए ।

९० सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जंगबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफे चरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए । यहीबाट उनले राष्ट्रिय स्तरको चर्चा समेत बटुल्न सफल भएका थिए ।

२०७६ सालमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ’ समेत भएको थियो । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनी गाउने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?