+

महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई ८२ रनको लक्ष्य

२०८१ माघ  २५ गते १३:४७ २०८१ माघ २५ गते १३:४७
महिला टी-२०आई शृंखला : नेपालद्वारा थाइल्याण्डलाई ८२ रनको लक्ष्य

२५ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले १-१ विकेट लिए ।

यस खेलमा विजयी भएमा वा थोरै अन्तरले पराजित भएमा पनि थाइल्याण्डले शृंखला जित्नेछ । नेपालका लागि भने सान्त्वना जित निकाल्ने अवसर छ ।

महिला टी-२०आई शृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय