+
+

१४०० कोठाभाडा नदिएको भन्दै घरबेटीबाट डेरामा बस्नेको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १४:०७

२५ माघ, काठमाडौं । कोठाभाडाको १४०० रुपैयाँ नदिएको भन्दै पाल्पामा एक डेरावालको हत्या भएको छ ।

हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी छन् । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।

मल्लका अनुसार मासिक ५०० रुपैयाँ कोठाभाडामा बुढाथोकी विष्टको घरमा बस्दै आएका थिए । तानसेन नगरपालिका–११ स्थित विष्टको घरमा बसेका बुढाथोकीको बुधबार हत्या भएको थियो ।

‘१४०० कोठाभाडा नदिएको विषयमा विवाद भएपछि हँसियाले हानेर हत्या गरेको देखिन्छ । पक्राउ परेका घरबेटी बिष्टले मादक पदार्थ समेत सेवन गरेका रहेछन्’ डीएसपी मल्लले अनलाइनखबरसँग भने ।

कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत पाल्पाबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?