+
+

वार्नर ब्रदर्सले युट्युवमा ल्यायो ३१ फिचर फिल्म, निःशुल्क हेर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १४:३९

काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रदर्सले आफूले निर्माण गरेका चर्चित ३१ कथानक फिल्मलाई युट्युवमा स्ट्रिमिङ थालेको छ । दर्शकले यी फिल्म युट्युवमा निःशुल्क हेर्न पाउनेछन् ।

डिजिटल विज्ञापन शुल्क आम्दानीका लागि प्रतिष्ठित हलिउड स्टुडियोले आफ्ना क्लासिक फिल्मको क्याटालगलाई युट्युवमा सार्वजनिक गरेको भेराइटी म्यागजिनले जनाएको छ ।

सन् २०२५ सुरु भएसँगै स्टुडियोको स्वामित्व रहेको युट्युव च्यानलमा ती फिल्म अपलोड गरिएको छ । ती सबै फिल्म निःशुल्करुपमा हेर्न उपलब्ध छन् । विभिन्न जनराका यी फिल्म कतिपय एक दशकअघि रिलिज भैसकेका हुन् ।

सार्वजनिक गरिएका फिल्ममा मार्लोन ब्रान्डो अभिनित ‘म्युटिनी अन द बाउन्टी’, एडी मर्फी अभिनित ‘द एडभेन्चर अफ प्लुटो न्यास’, जर्ज बन्र्स अभिनित ‘ओह गड्’, रोबर्ट डी नीरो अभिनित ‘द मिसन’, ‘वेटिंग फर गफम्यान’, ‘रिटर्न अफ द लिभिङ डेड पार्ट २’ र लियोनार्डो डिक्याप्रियोको जलवायु परिवर्तनसम्बन्धी डकुमेन्ट्री ‘द एलेभेन्थे आवर’ छन् ।

यसरी रिलिज गरिएकामध्ये सबैभन्दा धेरै हेरिने फिल्ममा चाहिँ ज्याकी च्यान स्टारर ‘मिस्टर नाइस गाइ’ छ । सन् १९९७ मा हलमा लागेको यो फिल्मलाई वार्नर ब्रदर्सले जनवरी १ मा युट्युवमा ल्याएको थियो । त्यसयता यसलाई १६ मिलियनभन्दा धेरै पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?