+
+

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १५:५३

२५ माघ, काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राई छन्।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार राईले गाली गलौज गरेको र ती महिलासँग प्रेम सम्बन्धमा हुँदा खिचेका व्यक्तिगत भिडियो तथा तस्वीरहरु महिलाका आफन्तहरुलाई पठाउँदै चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन् ।

पक्राउ परेका राईलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?