+
+

त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १६:५७

२५ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट घर भएका दीपक आले मगर रहेका छन् । उनलाई प्रहरी वृत्त सिंहदरको हिरासतमा राखिएको छ । बिहीबार पक्राउ परेका उनलाई ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यसअघि अदालतमा दायर भएको मुद्दामा उनी प्रतिवादी नरहेकाले हिरासतमा राखेर अनुसन्धान गरेर पुरक अभियोजन लैजाने प्रहरीको तयारी छ ।

यसअघि त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेर ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका तीन जनालाई शुत्रलबार काठमाडौं जिल्ला अदातलका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले जनही एक/एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लागेको थियो । रविको विपक्षीमा बहस गर्दै काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा त्रिपाठीमाथि हातपात भएको थियो । सोही विषयमा उनीहरुविरुद्ध मुद्दा चलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?