+
महिला टी-२०आई शृंखला :

थाइल्याण्ड च्याम्पियन, नेपाल जितविहीन (तस्वीरहरू)

२०८१ माघ  २५ गते १७:३८ २०८१ माघ २५ गते १७:३८

घरेलु मैदानमा लामो समयपछि फर्किएको महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टोलीले एक जित पनि निकाल्न नसक्नु दुर्भाग्यपूर्ण रह्‍यो ।

थाइल्याण्ड च्याम्पियन, नेपाल जितविहीन (तस्वीरहरू)

२५ माघ, काठमाडौं । काठमाडौंमा शुक्रबार सम्पन्न नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलाको उपाधि थाइल्याण्डले जित्यो । शृंखलामा सबैभन्दा धेरै खेल जितेर थाइ टोलीले उपाधि जितेको हो ।

सबै टोलीले एक अर्कासँग ३-३ खेल गरी एक टोलीले ६ खेल खेल्ने प्रावधान रहेको शृंखलामा थाइल्याण्डले ५ खेल जित्यो । त्यस्तै नेदरल्याण्ड्सले ४ खेल जित्दा नेपालले भने कुनैपनि खेल जित्न सकेन ।

थाइल्याण्ड नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भयो । त्यस्तै नेदरल्याण्ड्स दुई खेलमा थाइल्याण्डसँग पराजित भयो । यस क्रममा नेपाललाई भने दुवै पाहुना टोलीले तीन-तीनपटक हराए ।

घरेलु मैदानमा लामो समयपछि फर्किएको महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टोलीले एक जित पनि निकाल्न नसक्नु दुर्भाग्यपूर्ण रह्‍यो ।

तस्वीरहरू :

 

महिला टी-२०आई शृंखला
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय