+

नवीन न्यौपाने एफसी चितवनको मुख्य प्रशिक्षक नियुक्त

२०८१ माघ  २५ गते १९:४४ २०८१ माघ २५ गते १९:४४
नवीन न्यौपाने एफसी चितवनको मुख्य प्रशिक्षक नियुक्त

२५ माघ, काठमाडौ । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

चितवनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत न्यौपानेलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

यसअघिका दुई संस्रकणमा पोखरा थण्डर्सका मुख्य प्रशिक्षक रहेका न्यौपाने तेस्रो संस्करणमा भने फरक क्लबको प्रशिक्षक बन्ने भएका हुन् । एनएसएलको तेस्रो संस्करण आगामी मार्च २९ (चैत १६ गते) देखि सुरु हुने तय छ ।

नेपाली राष्ट्रिय टिम र मनाङ मर्स्याङ्दी लगायत क्लबका पूर्व खेलाडी समेत रहेका न्यौपानेले केही समयअघि नेपाली पुरुष सिनियर फुटबल टिमको अन्तरिम प्रशिक्षकको भूमिका समेत निभाएका थिए ।

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक खाली रहेका बेला ताजिकस्तानमा भएको त्रिदेशिय मेत्रीपुर्ण खेलमा न्यौपानेले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । जहाँ नेपाल ताजिकस्तानसँग पराजित हुँदा अफगानिस्तानलाई हरार्न सफल भएको थियो ।

यस्तै न्यौपानेले लामो समय विभागीय टोली त्रिभुवन आर्मी क्लबको मूख्य प्रशिक्षक बनेर काम गरेका थिए । उनको प्रशिक्षणमा आर्मी ए डिभिजन लिगमा उपविजेतासम्म बनेको थियो ।

चितवनले एनएसएलमा हरेक सिजन प्रशिक्षक परिवर्तन गर्दै आएको छ । पहिलो सिजन मेघराज केसि चितवनको प्रशिक्षक थिए । दोस्रो सिजन चितवनले भारतका मेहराजुद्दिन वाडुलाई मुख्य प्रशिक्षक बनाएको थियो । तर दुवै स्स्करणमा चितवन प्लेअफमा पुग्न सकेन ।

पहिलो संस्करणमा ७ टोली सहभागि हुँदा चितवन जितविहिन बन्दै अन्तिम स्थानमा रहँदा दोस्रो स्करणमा ९ टोली हुँदा सातौं भएको थियो ।

एनएसएल नवीन न्यौपाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय