+
+

सरकारले औद्योगिक क्षेत्र सुधार गरिरहेको छ : उद्योगमन्त्री   

रासस रासस
२०८१ माघ २५ गते १३:४९
Photo Credit : RSS

२५ माघ, नवलपुर । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् ।

नवलपुरको कावासोतीमा आयोजित आठौँ नवलपुर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा आएको शिथिलतालाई सुधार गर्न सरकारले काम गरिरहेको बताए ।

नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई कसरी वृद्धि गर्ने, स्रोत र सम्भावनालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारका गतिविधि केन्द्रित रहेको उनको भनाइ छ ।

‘रोजगारीका सम्भावना, साना, लघु, घरेलु उद्योगलाई अगाडि बढाउँदै उद्यमशीलता विकास गर्न सकेनौँ भने हाम्रो अर्थतन्त्र उठ्न सक्दैन, त्यसैले हाम्रा उद्योग, उत्पादन र व्यावसायिकतालाई अगाडि बढाउने विषयलाई केन्द्र भागमा राखेर सरकारले आफ्नो गतिविधि बढाएको छ,’ उनले भने ।

वित्तीय क्षेत्रमा ब्याजदर एक अङ्कमा झरेका बेलामा लगानी प्रवर्द्धन हुन नसकेको भन्दै सरकारले द्रुतमार्गबाट केही कानुनहरू संशोधन गर्न लागेको उनले जानकारी दिए ।

उनले धौवादी फलाम खानी राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?