
२६ माघ, काठमाडौं । वामपन्थी लेखकको साझा मोर्चा प्रगतिशील लेखकसंघको ललितपुर जिल्लाको अध्यक्षमा होम भट्टराई चयन भएका छन् ।
पाँचौ जिल्ला सम्मेलनले शुक्रबार भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । उपाध्यक्षमा राजाराम राउत, सचिवमा मिशन अधिकारी रहेका छन् । सदस्यहरुमा नानीमैया अधिकारी, नरेन्द्र बडु र लालमणी बन्जाडे रहेका छन् । बाँकी सदस्य पछि मनोनीत हुनेछन् ।
प्रलेसका केन्दीय अध्यक्ष मधुसूदन गिरीको पमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वउपाध्यक्ष गोपिरमण उपाध्याय, वर्तामान उपाध्यक्षद्वय नमूना शर्मा र अशोकविक्रम र्सिह, वरिष्ठ साहित्यकार प्राडा मुकेश चालिसे र बागमती पदेश अध्यक्ष डा.हरी सिलवालले शुभकामना दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4