
काठमाडौं । ‘अरेली काँडैले मलाई च्वास्सै…’ युट्युवमा १० करोड पटक हेरिने पहिलो नेपाली लोकगीत बनेको छ । शनिबार बिहान मात्र खेम सेन्चुरीद्वारा संगीतबद्ध गीतले कीर्तिमान रचेको हो ।
एकवर्षअघि रिलिज भएको यो गीतमा शान्तिश्री परियारको स्वर, नेत्र अर्यालका शब्द छन् ।
१० करोड भ्यूजसहित पहिलो नेपाली लोकगीत बन्ने यो दौडमा वसन्त थापाको ‘सालको पात टपरी’ र खेम सेन्चुरीको ‘अरेली काँडैले मलाई च्वास्सै’बीच होड थियो । सम्बन्धित गीतका कलाकारले भ्यूज बढाउन पछिल्ला केही सातामा लिंकको धमाधम सेयर गरिरहेका थिए ।
विहिबार मात्रै अर्को गीत ‘रुकुम मैकोट’ले ६ महिनाभन्दा कम समयमै १० करोड भ्यूज पाउने गीतको कीर्तिमान रचेको थियो ।
प्रतिक्रिया 4