+

बुढासुब्बा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एनआरटी खेल्दै

२०८१ माघ  २६ गते ११:५० २०८१ माघ २६ गते ११:५०
बुढासुब्बा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एनआरटी खेल्दै

२६ माघ, काठमाडौं । २५औ संस्करणको बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ ।

प्रतियोगिताको उपाधिका लागि ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र साविक विजेता एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल धरान रंगशालमा दिउँसो ३ बजे सुरु हुनेछ ।

चर्च ब्वाइजले पहिलो सेमिफाइनलमा भुटानको रोएल थिम्पु कलेजलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो भने एनआरटीले दोस्रो सेमिफाइनलमा युकेएफसीलाई ३-१ ले पराजित गर्दै लगातार दोस्रोपटक फाइनल पुगेको हो ।

एनआरटी र चर्च ब्वाइज यस सिजन प्रायजसो गोल्डकपमा भिडिरहेका छन् । मंसिरदेखि यता दुई प्रतियोगिताको फाइनलमा भिडेका यी दुई टोली केही दिनअघि पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपको प्रिक्वाटरफाइनलमा खेलेका थिए । जहाँ चर्च ब्वाइजले एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो ।

धरान र पोखरा दुवैतिर सहभागी जनाएको एनआरटी र चर्च ब्वाइजले खेलाडी बाँडेर दुईतिरको प्रतियोगिता खेलेको हो । आहारारामा पहिलो खेलमै पराजित भएपछि पोखरामा खेलेका केही खेलाडी धरानमा बुढासुब्बाको फाइनल खेल्न फर्कने एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले बताएका थिए । यस्तै चर्च ब्वाइजमा पनि केही खेलाडी धरानबाट पोखरा आएर खेलेका थिए ।

चर्च ब्वाइजले आहारारा पोखरा गोल्डकपमा माघ २८ गते सोमबार हुने तेस्रो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

बुढासुब्बा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय