+
+

केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते १२:३३

२६ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा गम्भीर नभएको आरोप लगाएका छन् ।

काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली गम्भीर नभएको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली मुलुक र जनताको समस्या समाधानमा नभइ सत्तालाई कसरी स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएको उनको आरोप छ ।

‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनुहुन्न’, उनले अघि भने, ‘उहाँ वास्तवमा देश चलाउनका लागि जनताको समस्या समाधानका लागि होइन, कसरी हुन्छ यो सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ ।’

उनले प्रधानमन्त्री ओलीको कार्यशैलीले देशको भविष्यलाई संकटग्रस्त बनाउँदै जाने सम्भावना देखिएको दाबीसमेत गरे ।

सोही कार्यक्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले केपी ओलीले आफू प्रधानमन्त्री हुने दुनियाँलाई ढाटेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?