
२६ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
अध्यादेश र संविधान संशोधन लगायतका विषयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी दिएका हुन् । ‘संख्याको मात लागेर दुरुपयोग गर्नु थाल्नुभयो भने त्यसको प्रतिकारमा जनता उत्रिन्छन्’, उनले भने, ‘जनताभन्दा शक्तिशाली कोही पनि हुँदैन ।’
उनले अहिलेको सरकारले संख्याकै मातमा दुई दलीय व्यवस्थाको वकालत गर्न थालेको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्था राख्ने एजेन्डा छ कि ? भन्ने प्रश्न पनि गरे । नेपालले त्यसो भए सामना गर्न तयारी रहेको पनि बताए ।
अध्यक्ष नेपालले सरकारलाई संख्याकै मात लागेको भए छिमेकी देशहरुका घटना हेर्न सुझावसमेत दिए । ‘तपाईंहरुलाई संख्याको मात लागेको हो भने छिमेकी देशहरुको घटना सम्झिनुस् । चाहे त्यो बंगलादेश होस् चाहे त्यो श्रीलंका होस् । त्यसले कम्सेकम पाठ सिकाउनुपर्ने हो ।’
प्रतिक्रिया 4