+

चर्च ब्वाइजलाई हराउँदै एनआरटीले रक्षा गर्‍यो बुढासुब्बा गोल्डकपको उपाधि

२०८१ माघ  २६ गते १८:१२ २०८१ माघ २६ गते १८:१२
चर्च ब्वाइजलाई हराउँदै एनआरटीले रक्षा गर्‍यो बुढासुब्बा गोल्डकपको उपाधि

२६ माघ, काठमाडौं । न्युरोड टिम (एनआरटी) ले बुढासुब्बा गोल्डकपको उपाधि रक्षा गरेको छ ।

शनिवार भएको २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै एनआरटीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

धरान रंगशालामा भएको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

खेलको २२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफमा एनआरटीले एक गोल गर्दै जित हात पारेको थियो । हेनरीले ५७औं मिनेटमा गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए र त्यही गोल नै जितमा निर्णायक बन्यो ।

एनआरटीले लगातार दोस्रो र समग्रमा तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । एनआरटीले पहिलो २०६४ सालमा बुढासुब्बा जितेको थियो ।

दुई दिनअघि मात्र पोखरामा भएको २४औं आहारारा पोखरा गोल्डकपको पहिलो खेलमै चर्च ब्वाइजसँग पराजित हुँदै बाहिरिएको एनआरटीले त्यो हारको बदला समेत लिएको छ । पोखरामा खेलेका कप्तान अन्जन विष्टसहित जय गुरुङ, सुमित श्रेष्ठ, हेनरी पोकु लगायत धरान पुगेर बुढासुब्बा गोल्डपकको फाइनल खेलेका थिए ।

बुढासुब्बा गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय