+
+

‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ : राजेश र नीतिको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते १८:४७
फिल्म ‘नरसिंहा अवतार’को गीतमा शनिबार अभिनय गर्दै राजेश हमाल र नीति शाह ।

काठमाडौं । कुनैबेलाको चर्चित गीत ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ पुनः फिल्ममा फर्किने निश्चित भएको छ । काठमाडौंबाट केही परको दूरीमा पर्ने आकर्षक थलो जरसिंह पौवामा ४ दिन लगाएर गीत छायांकन गरिएको छ ।

छायांकनरत फिल्म ‘नरसिंहा अवतार’ले यो गीतलाई पुनः दर्शकमाझ ल्याउन लागेको हो । यसअघिको फिल्म ‘दैव संजोग’मा समावेश यो गीतलाई पुनः रेकर्ड गरेर ल्याउन लागिएको हो । यसअघि शम्भुजित बासकोटा र देविका बन्दनाको स्वरमा रेकर्ड भएको थियो ।

नयाँ भर्सनमा भने बासकोटा र रचना रिमालले स्वर दिएका छन् । जरसिंह पौवाको डाँडोमा भव्य सेट बनाएर फिल्म खिच्न मात्रै १५ लाख रुपैयाँ खर्च भएको निर्देशक दिवाकर भट्टराईले बताए । यो गीतमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल र उषा खड्गीले छमछमी नाचेका छन् ।

गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । सयभन्दा धेरै कोरस डान्सर र दर्शक राखेर खिचिएको गीतमा कलाकारको गेटअप पनि आकर्षक देखिएको छ । यो गीतमा अभिनेता हमालले पनि छमछमी नाचे । ‘म नाच्न चाहिँ भयंकर जान्ने हो, तर आँगन टेडो छ हेर्नोस न’ हमालले ठट्टा गर्दै भने ।

यो फिल्मबाट हमाल ८ वर्षपछि फर्किदैछन् । यो फिल्ममा ३ दशकपछि राजेश र सरोज सहकार्य गर्दैछन् । छायांकन थलोमा मिडियासँग कुरा गर्दै कलाकारले उत्साह व्यक्त गरे । उनीहरूले कथा नखुलाएपनि फिल्मले दर्शकको मन जित्ने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?