२६ माघ, काठमाडौं । पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीतामा प्राइम ग्लोबल स्कूलले अधिकांश इभेन्टमा बाजी मारेको छ । कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राइम ग्लोबलले ८ मध्ये ५ वटा इभेन्टमा विजेता बनेको छ ।
पहिलो दिन बिहीबार छात्र र छात्रा टिम इभेन्ट्स जितेको प्राइमले दोस्रो दिन शुक्रबार सिनियर छात्र एकल र यू–१३ को इभेन्ट्समा बाजी मारेको थियो । यस्तै शनिबार अन्तिम दिन यू–११ छात्रातर्फको उपाधि जितेको हो ।
बाँकी ३ वटा इभेन्ट्स सेन्टमेरिज सेकेण्डरी स्कूल , बृहस्पती विद्या सदन र डिलाइट स्कूलले जितेका थिए । सेन्टमेरिजले सिनियर छात्रा एकल, बृहस्पती विद्यासदनले छात्र यू–११ र डिलाइटले यू–१३ छात्रतर्फको उपाधि जितेका हुन् ।
पुष्पसदनको टेबलटेनिस कोर्टमा शनिबार सम्पन्न खेलमा छात्रातर्फको यू–११ को स्पर्धामा आयोजक पुष्पसदन विद्यालयकी क्रिष्टल भूषाललाई हराउँदै प्राइम ग्लोबलकी यामिला श्रेष्ठले उपाधी जितीन् ।
यो इभेन्टमा द एक्सेल सायरकी सुप्रिया रोका र युवक वुद्ध मण्डलकी मेरिसा श्रेष्ठ संयुक्त रुपमा तेस्रो हुँदा सम्बृद्धि स्कूलकी एन्ड्री मर्हजन राइजिङ प्लेयर भइन् ।
शनिबारै सम्पन्न अर्को फाइनल खेलमा प्राइम ग्लोबलकै संभवराज वन्तले मंगल सकेण्डरी स्कूलका मनुषलाल श्रेष्ठलाई हराउँदै सिनियर छात्रतर्फको उपाधी जितेका छन् । यो इभेन्टमा पुष्पसदनका सफल मर्हजन र आइडियल मोडल स्कूलका सोयम मर्हजन तेस्रो भएका छन् । एकल छात्रमा मागुस इंगलिस स्कूलका सक्रिन मर्हजन राईजिङ प्लेयर बनेका छन् ।
प्रतियोगितामा छात्रा एकलतर्फ सेन्ट मेरिज स्कूलकी सुष्मा शाक्य विजयी भएकी छिन् । प्रगती आर्दश इंगलिस स्कूलकी इशानवी मर्हजन दोस्रो हुँदा पुष्पसदनकी मिचुली मर्हजन र लिटिल एन्जल्सकी प्रमिला जोशी तेस्रो भए । यो इभेन्टको राइजिङ प्लेयर ह्वाईट फिल्ड सेकेण्डरी स्कूलकी बिदिसा मर्हजन भइन् ।
यू–१३ छात्रतर्फको उपाधि डिलाईट स्कूलका आरंभराज शाक्यले जिते । उनले आफ्नै स्कूलका निर्भिक शाक्यलाई फाइनलमा पाखा लगाउँदै उपाधि जितेका हुन् । यो इभेन्टमा पुष्पसदनका सुसन प्रधान र डिलाईटकै आयनराज शाक्यले तेस्रो स्थान हात पारे । यो इभेन्टको राइजिङ प्लेयर पारागन पब्लिक स्कूलका सुचन बढा भए ।
यही यू-१३ उमेर समूहकै छात्रातर्फको उपाधि प्राइम ग्लोबल स्कूलका प्राज्ना मर्हजनले जितिन् । उपविजेता फ्युचर स्टार हाई स्कूलका इमरीन मर्हजन भइन् ।
पुष्पसदनका रिसु ज्ञावली र दाईसी मर्हजनले तेस्रो स्थान हात पारे । यो इभेन्ट्सको राइजिङ प्लेयर क्रियटिभ एकेडेमीकी मेलिना मर्हजन भइन् ।
यू–११ छात्रतर्फको उपाधी बृहस्पती विद्यासदनका विनम्र घिमीरेले जितेका छन् ।
आइडियल मोडल स्कूलका सत्भीक रत्न शाक्य दोस्रो हुँदा डिलाइट किण्डर गार्डेन स्कूलका रुसन शाक्य र केटिएम ग्लोबल स्कूलका कीर्तन श्रेष्ठ तेस्रो भएका छन् । राइजिङ प्लेयर संस्कृति इन्टरनेसनल स्कूलका संस्कार रत्न बज्राचार्य भए ।
टिम इभेन्टको छात्रतर्फ प्राइम ग्लोबल पहिलो हुँदा मंगल सेकेण्डरी स्कूल दोस्रो भएको छ भने हिल टाउन सेकेण्डरी स्कूल र आइडियल मोडल स्कूल संयुक्त रुपमा तेस्रो भएका छन् ।
यसैगरी पुष्पसदन टेबलटेनिसको टिम इभेन्टको छात्रातर्फ प्राइम ग्लोबल विजेता बन्दा स्बर्णीम स्कूल दोस्रो तथा मंगल सकेण्डरी स्कूल र आयोजक पुष्पसदन तेस्रो भएका छन् ।
बिहीबारदेखि शनिबारसम्म चलेको प्रतीयोगीतामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया 4