+
+

खेम सेन्चुरीले साइन् गरे ‘ए मेरो हजुर ५’, फिल्ममा डेब्यु पक्का

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते २१:४९

काठमाडौं । अहिलेका चर्चित संगीतकार खेम सेन्चुरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । संगीतकारको रुपमा शनिबार उनले आगामी फिल्म ‘ए मेरो हजुर ५’ साइन गरे ।

निर्माता कम्पनी सुहाना इन्टरटेनमेन्टका लागि निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापासँग उनले लिखित सहमति गरेका छन् ।

सामाजिक संजालमा यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘जीवनमा सबैखाले चुनौती स्वीकार गर्दै अघि बढियो । यो क्रम जारी नै छ । फलको आशा नराखी कर्ममा विश्वास गर्दा यहाँहरुको अपार मायाले एकपछि अर्को सिँढी उक्लने प्रयास गर्दैछु । मेरो सांगीतिक जीवन पहिलो पटक नेपाली चलचित्रसँग पनि जोडिने भएको छ ।’

उनी अघि लेख्छन्- सुपरिचित र सशक्त ब्यानर ‘सुहाना इन्टरटेन्टमेन्ट’को निर्माणमा बन्ने नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ५’का लागि सांगीतिक सहकार्य गर्दैछु । आशा छ माया गरिदिनुहुनेछ । यो अवसर प्रदान गर्नुहुने आदरणीय व्यक्तित्वहरू निर्देशक एवम् मलाई मनपर्ने नायिका झरना थापाज्यू र निर्माता सुनिलकुमार थापाज्यू प्रति हार्दिक नमन व्यक्त गर्दछु ।’

नेपाली लोकसंगीत क्षेत्रका चर्चित संगीतकार सेन्चुरीले पछिल्लो समय एकपछि अर्को ब्लकबस्टर गीतहरू पस्किएका छन् । उनको पछिल्लो कम्पोज ‘म त ढलेँ ढलेँ’ यसवर्ष धेरै सुनिएको गीतमध्ये एक हो । शनिबार मात्रै उनको गीत ‘अरेली काँडैले मलाई च्वास्स’ पहिलोपटक १० करोड भ्यूज पाउने लोकगीत बनेको छ ।

प्रसारण भैरहेको ‘द भ्वाइस अफ नेपाल’को कोचमा समेत उनी छन् । यसकारण, सेन्चुरीका लागि यसवर्ष निकै उत्साहजनक पक्का देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?