+

एक्सेल्सियर कपमा रेडियन्ट पब्लिक क्वाटरफाइनलमा

२०८१ माघ  २६ गते २१:३७ २०८१ माघ २६ गते २१:३७
एक्सेल्सियर कपमा रेडियन्ट पब्लिक क्वाटरफाइनलमा

२६ माघ, काठमाडौं । रेडियन्ट पब्लिक स्कुल ११औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रेडियन्टले ग्यालेक्सी पब्लिक स्कुललाई २२–६ ले सहजै पराजित गरी समूह ‘डि’ को विजेता बन्यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १८ अंक जोडिन् । ग्यालेक्सी पनि सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

सिनियर गर्ल्सकै अर्को खेलमा एलआरआईले श्री नवीन ज्योतिलाई १५–५ ले हरायो । एलआरआईका रिडम भुजेलले ७ स्कोर गरिन् ।

सिनियर ब्वाइजको बास्केटबलमा एलआरआईले पुष्पसदनलाई ३३–३२, भ्याली भ्युले श्री नवीन ज्योतिलाई ४२–१९, न्यु जेनिथले ग्यालेक्सीलाई २१–१८ र ह्वाइटफिल्डले बेबी एन्जललाई १८–१६ ले पाखा लगाए । एलआरआईका रियुची श्रेष्ठले २४, भ्याली भ्युका गणेशबहादुरले १८, न्यु जेनिथका सैनिक महर्जनले ८ र ह्वाइटफिल्डका निश्चल अन्सारीले ७ अंक बटुले ।

त्यस्तै एक्सेल्सियर कपको ब्वाइज फुटसलमा आयोजक द एक्सेल्सियर स्कुलले दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको ‘रातो’ र ‘नीलो’ टोलीले यू–११ उमेरसमूहमा जित हात पारे ।

एक्सेल्सियर ‘रातो’ ले ग्रिनफिल्डलाई २–१ गोलले पराजित गर्‍यो । विजेताका दिशान्त कार्की र जम्बाला लामाले समान १–१ गोल गरे । ग्रिनफिल्डका रिसब गुरुङले १ गोल फर्काए । एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई ३–० गोलले हरायो । विजयी टिमका लागि आर्यन कटुवाल, रोनिश श्रेष्ठ र ओजस पाठकले समान १–१ गोल गरे ।

यू–११ कै अर्को प्रतिस्पर्धामा भने जोन डेवीले एलआरआईमाथि ६–० को सहज जित दर्ता गर्‍यो । जोन डेवीका रोनिश खड्काले ४ तथा प्रणाम भण्डारी र जने कार्कीले समान १–१ गोल गरे ।

यू–१६ मा रिब्सले एलआरआईलाई ५–२ गोलले पाखा लगायो । रिब्सका ब्लेस गुरुङ र रिसन लामाले समान २–२ तथा सम्रन गुरुङले १ गोल गरे । एलआरआईका समर राईले २ गोल गरे ।

यू–९ मा जोन डेवीले एक्सेल्सियरलाई ४–० गोलले पन्छायो । जोन डेवीका शुभवीर ब्लोनले ह्याट्रिक गरे भने रेनभ मल्लले १ गोल थपे ।

एक्सेल्सियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय