+
+

उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पतालमा ताल्चा 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ८:१०

२७ माघ, जनकपुरधाम । उपचारमा लापरबाही गर्ने जनकपुरको पीडारीचोकमा रहेको मुस्कान अस्पताल बन्द भएको छ ।

बिनादर्ता सञ्चालित  मुस्कान अस्पताल मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा अस्पतालमा सञ्चालकले शनिबार तालाबन्द गरेर साँचो सरकारलाई बुझाएका हुन् ।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका-५ की २५ वर्षीय बबिताकुमारी यादवको अहिलेसम्म होसमा नआएको घटना अनलाइनखबरबाट सार्वजनिक भएको थियो । त्यसपछि मुख्यमन्त्री सिंहले शुक्रबार राति अस्पतालमा छड्के अनुगमन गरेका थिए ।

मुख्यमन्त्री सिंहले दर्ता नरहेको र उपचारमा लापरवाही गरेको कारण आइतबार बिहान ११ बजेसम्म त्यहाँ रहेका बिरामीहरूलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरी ताल्चा बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका थिए । त्यस्तै जटिल अवस्थामा पुगेकी बबितालाई राम्रो अस्पतालमा लगेर उपचार गराउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?