+
+

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९.४ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ९:०६

२७ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९.४ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४६ करोड ८१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो नाफा ४२ करोड ७७ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले १९ अर्ब ७१ करोड रहेकोमा अहिले २२ अर्ब १२ करोड छ । लगानी तथा ऋण प्रवाहवापतको आम्दानी पहिले ७ अर्ब ४८ करोड रहेकोमा अहिले ९ अर्ब २२ करोड छ । समग्रमा कुल आम्दानी १४ प्रतिशत बढेको छ, जसको प्रभाव कम्पनीको नाफामा देखिएको हो ।

सञ्चित आम्दानी २ अर्ब ३८ करोड तथा विपत्ति कोषको आकार १ अर्ब ३० करोड रुपैयाँ बराबर छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४१ पैसा छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको यसको बजारमा सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?