+

रामपुरमा भएको भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जित्यो

२०८१ माघ  २७ गते ११:३७ २०८१ माघ २७ गते ११:३७
रामपुरमा भएको भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जित्यो

२७ माघ, काठमाडौं । पाल्पाको रामपुरमा आयोजना भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले दुई लाख २२ हजार दुई सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस क्लबले २५–२१, २५–१२ र २५–२२ अङ्कले खेल जितेको हो । त्रिभुवन आर्मी क्लब तेस्रो भयो । निस्दी भलिबल क्लबले सान्त्वना पुरस्कार प्राप्त गरेको खेल संयोजक कमल रानाले बताए ।

आर्मीले निस्दी भलिबल क्लबलाई ३–१ सेटले पराजित गर्‍यो । आर्मीले पहिलो सेट २५–२१ अंकले, तेस्रो सेट २५–१९ तथा चौथो सेट २५–१९ अंकले जितेको हो । निस्दीले दोस्रो सेट २५–१९ अंकले जितेको थियो ।

प्रतियोगितामा उपविजेता भएको एपिएफ क्लबले रु एक लाख ५५ हजार पाँच सय ५५, तृतीय भएको आर्मीले रु एक लाख एक हजार एक सय ११ तथा सान्त्वना हुने निस्दीले रु ५५ हजार पाँच सय ५५ पत्र प्राप्त गरेको छ ।

चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा विभागीय टोली आर्मी क्लब, एपिएफ क्लब र पुलिस क्लबका साथै मणिमुकुन्द भलिबल क्लब र निस्दी भलिबल क्लब सहभागी भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिस क्लबका रेशम छन्त्याल, उत्कृष्ट डिफेन्डर एपिएफ क्लबका विनोद चन्द, उत्कृष्ट सर्भर पुलिस क्लबका पहल गहतराज, उत्कृष्ट ब्लकर पुलिस क्लबका सफल विक, उत्कृष्ट सेटर एपिएफ क्लबका दिपेश कुँवर, उत्कृष्ट स्पाइकर आर्मी क्लबका धनबहादुुर भट्ट र उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका चन्द्र कुँवर घोषित भए ।

नेपाल पुलिस क्लब रामपुर महोत्सव कप भलिबल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय