+
+

कुटपिट गरी हत्या गरेको आरोपमा बाँकेमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १३:०२

२७ माघ, काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका– ८ का २५ वर्षीय दिनेश रोकायको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ का३५ वर्षीय रामबहादुर राना र वडा नम्बर ६ का १७ वर्षीय एक किशोर रहेका छन् ।

ती किशोरको परिचय भने प्रहरीले खुलाएको छैन ।

वडा नम्बर ८ स्थित बिचलाईनस्थित एक विवाह कार्यक्रममा शुक्रबार विवादपछि कुटपिट भएको थियो ।

कुटपिटको क्रममा दिनेश गम्भीर घाइते भएका थिए । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दिनेशलाई तत्काल उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

पछि भारतको लखनउमा उपचारका लागि पठाइएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?