+
+

प्यूठानमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

प्यूठानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १३:१८
प्रतीकात्मक तस्वीर

२७ माघ, काठमाडौं । प्यूठानमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगर छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुलमानले ती बालिकालाई बिहीबार दिउँसो बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी ओखलढुंगामा पनि १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–९ बस्ने ३८ वर्षीय राजकुमार भुजेल छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजकुमारले ती बालिकालाई गत १७ पुस राति बलात्कार भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?