+
+

प्रेस चौतारी चितवनमा सुवास पण्डित नेतृत्वको १३ सदस्यीय कार्यसमिति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १३:००

२७ माघ , चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः चयन भएका छन् ।

शनिबार सम्पन्न प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनले सर्वसम्मतबाट पण्डितको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने, सचिवमा लक्ष्मण गौतम, कोषाध्यक्षमा बद्री अर्याल र सह सचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुनिल पौडेल, पुजा ढकाल, सगुन चपाई, निराजन घिमिरे, भाग्यश्वरी गायक र सबिता दराई चयन भएका छन् ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा रामबाबु सुवेदी, कृष्ण गिरी, होमनाथ सापकोटा र रविना पौडेल र प्रदेश प्रतिनिधिमा कृष्ण आचार्य, रामेश्वर रिजाल, अमिर रामदाम र शान्ता अधिकारी चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?