
काठमाडौं । बेलायती राजकुमारी सोफिया यतिबेला नेपाल भ्रमणमा छिन् । ६ दिने नेपाल बसाइमा डचेज अफ एडिनबर्ग काठमाडौं, ललितपुर र पोखरा घुमघाममा ब्यस्त देखिइन् ।
राजकुमार एडवार्डकी श्रीमती सोफीको नेपाल भ्रमण आफैमा चर्चित छ । त्यसमाथि, अन्तर्राष्ट्रिय फेसन मिडियाले नेपाल घुमघाम गर्दाका उनका आकर्षक पहिरनको विश्वब्यापी चर्चा गरिरहेका छन् ।
फेसन म्यागजिन इन-स्टाइलले सोफीको नेपाल भ्रमणको कस्ट्युमको चर्चा गर्दै हेडलाइनमा लेखेको छ, ‘डचेज सोफीले उनको नेपाल यात्राको लागि केट मिडलटन प्रेरित शैलीलाई सापटी लिइन् ।’
राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा पनि राजकुमारी सोफीले मेरी क्याट्रान्जोउबाट तयार पारिएको रेशमबाट बुनिएको फ्लोरल ड्रेस लगाएको र जुन निकै आकर्षक रहेको लेखेको छ । सोही क्रममा उनले मिडलटनको फेसन शैलीलाई सम्झाउने वेस्ट नम्बरलाई मिल्दोजुल्दो हरियो पर्स बोकेको लेखेको छ ।
म्यागजिन लेख्छ- सोफी विशेषरुपमा मिडलटनसँग निकट छिन् । यी दुईको सम्बन्धलाई दुई बहिनीको सम्बन्धको रुपमा चर्चा गरिएको छ ।’
हेलो म्यागजिनले सोफीको लुक्सको वर्णन गर्दै गोदावरीको बोटानिकल गार्डेन घुम्दा सोफीले क्लासिकल लुक्स दिने सेतो टिसर्ट र बेबी पिंक रङको कोल ब्लेजर पहिरिएको लेखेको छ । उनको सनग्लासको रङ खैरो र सुनौलो कलरको चेन ब्रासलेटसँग मिल्दोजुल्दो र आकर्षक देखिएको भन्दै प्रशंसा भएको छ ।
अर्को फेसन म्यागजिन ‘गुड हाउस किपिङ’ले राजकुमारी सोफीलाई ‘स्टाइल आइकन’ भन्दै प्रशंसा गरेको छ । गोर्खा वेलफेयर ट्रस्टको भ्रमणमा उनले आफूलाई प्रिय स्कर्ट लगाएको लेखेको छ ।
प्रतिक्रिया 4