+
+

महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने युवा पुस्तालाई बुझाइयोस् : सांसद चन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १३:४८

२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको बताएकी छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो बताएकी हुन् । अछाममा दुई जना किशोरीको हत्या दुई जना किशोरहरूले गरेको घटना स्मरण गर्दै उनले यस्तो बताएकी हुन् ।

‘शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गरेको रिसमा यो हत्या भयो । सहमति हुने कुरामा असहमति रहँदा महिलाको ज्यान जान्छ । महिलाको नाममा ह्याँ हुन्छ भन्ने मिथकको परिणाम हामीले आज भोगिरहेका छौं’, उनले भनिन् ।

गलत मिथक तोड्न नयाँ पुस्तालाई महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने बुझाउन आवश्यक रहेको उनले बताइन् ।

उनले भनेकी छन्, ‘यहाँ कानुनको साथसाथै शिक्षा, स्थानीय सरकार लगायत सबै ठाउँमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था देखा परेको छ । महिलाको नो मिन्स नो नै हुन्छ भन्ने कुरा आजका युवा पुस्तालाई राज्यले बुझाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?