+
+
Shares

मन्त्रालयमा आगलागीपछि खानेपानीमन्त्रीले बनाए अस्थायी कार्यकक्ष

मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नयाँ कार्यकक्ष अ-स्थायी रूपमा स्थापना गरी काम सुरू गरेको खानेपानीमन्त्री प्रदीप यादवले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १४:२६

२७ माघ, काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागीबाट कार्यकक्ष जलेपछि खानेपानीमन्त्री प्रदीप कुमार यादवले नयाँ कार्यकक्ष बनाएर काम सुरू गरेका छन् ।

मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नयाँ कार्यकक्ष अ-स्थायी रूपमा स्थापना गरी काम सुरू गरेको खानेपानीमन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ मिति २०८१ माघ २६ गते शनिबार का दिन खानेपानी मन्त्रालयको चौथो तलामा रहेको मेरो कार्यकक्षमा विद्युत् सर्ट भई आगलागी हुँदा कार्यकक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । दु:खदायी घटनापछि देश र जनतालाई दैनिक सेवा प्रवाह गर्नका लागि आज बाट मैले मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नयाँ कार्यकक्ष अ-स्थायी रूपमा स्थापना गरी नियमित सेवा कार्य प्रारम्भ गरेको छु।’

शनिबार बिहान खानेपानी मन्त्रालयमा आगलागी भएको थियो, जसमा मन्त्रीको कार्यकक्ष, सचिवालयसहित ३ कोठा र त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको थियो । पछि सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?