+
+

बाबुरामको दस्तावेज- ‘नयाँ युगको नयाँ कार्यभार, वैकल्पिक राजनीतिको औचित्य र आधार’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १४:३१

२७ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । उद्घाटन सत्रपछिको बन्दमा राजनीतिक दस्तावेज प्रस्तुत गर्ने बताइएको छ ।

उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो दस्तावेजबारे केही जानकारी गराएका छन् ।

विश्व राजनीतिको पछिल्लो परिस्थितिबारे संश्लेषण गरेर उक्त दस्तावेज तयार पारिएको भट्टराईले भने ।

उनका अनुसार दस्तावेजको नाम ‘नयाँ युगको नयाँ कार्यभार, वैकल्पिक राजनीतिको औचित्य र आधार’ राखिएको छ ।

‘पार्टी भित्र र बाहिरका साथीहरूको सहयोगबाट त्यो बनाएका छौं । विश्वको परिस्थितिबारे संश्लेषण गरेको छ,’ भट्टराईले भने ।

नयाँ युगको नयाँ विचार प्रत्येक नयाँ युगले नयाँ विचार माग गरेको उल्लेख गर्दै उनले भनेका छन् , ‘विचारकै पुर्नसंरचना पहिला चाहियो ।’

पार्टीले महाधिवेशनको उद्घाटन सत्रमा नयाँ र वैकल्पिक राजनीति दललाई मात्रै निम्तो गरेको थियो ।

उद्घाटन सत्रमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटा लगायत पुगेका छन् ।

अन्य ठूला राजनीतिक दलका नेतृत्वलाई भने अधिवेशनमा निम्तो दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?