+

आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

२०८१ माघ  २७ गते १४:४४ २०८१ माघ २७ गते १४:४४
आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

२७ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल जलनका बिरामी भेट्न कीर्तिपुर अस्पताल पुगेका छन् । गत बिहीबार काठमाडौंको कमलपोखरीस्थित म:म: आउटलेटमा ग्यास विस्फोट भई भएको आगलागीमा परी घाइते भएका बिरामीलाई भेट्न मन्त्री पौडेल अस्पताल पुगेका हुन् ।

घाइते बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले बिरामीहरूका गुनासा सुने ।

मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका गर्ने निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ।

उनले अस्पतालका अधिकारीहरुसँग छलफल गर्दै निःशुल्क उपचार आवश्यक पर्नेलाई मात्र सेवा दिने निश्चित गर्न आग्रह गरे । ‘आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले निःशुल्क उपचार व्यवस्था गरेका हौँ’ मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला।’

मन्त्री पौडेलले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याका बारेमा पनि गुनासो सुने । जलनको समस्या बढिरहेको भन्दै उनले उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।

निःशुल्क उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत अस्पताललाई दुई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समसया भोगेका बिरामीहरुको निःशुल्क उपचार भइरहेको छ ।

मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ ।

प्रदिप पौडेल बर्न अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

क्यान्सर रोकथाम र व्यवस्थापनमा खानपानको भूमिका

क्यान्सर रोकथाम र व्यवस्थापनमा खानपानको भूमिका

गर्भावस्थामा स्विस बल व्यायाम गर्दा नर्मल डेलिभरीको सम्भावना बढ्छ ?

गर्भावस्थामा स्विस बल व्यायाम गर्दा नर्मल डेलिभरीको सम्भावना बढ्छ ?

टन्सिलाइटिस र सामान्य घाँटी दुखाइमा के फरक छ ?

टन्सिलाइटिस र सामान्य घाँटी दुखाइमा के फरक छ ?

अलपत्र नवजात शिशु कार्यक्रम : स्वास्थ्य सेवाकै गुणस्तरमा गम्भीर प्रश्न

अलपत्र नवजात शिशु कार्यक्रम : स्वास्थ्य सेवाकै गुणस्तरमा गम्भीर प्रश्न

वीरमा विपन्न बिरामीका कुरुवालाई सित्तैँमा खाना

वीरमा विपन्न बिरामीका कुरुवालाई सित्तैँमा खाना