+
+

तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि राजनीतिमा आएका होइनौं : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १४:५२

२७ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन् ।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउँदै उनले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैयर्ता राख्नुपर्ने जिकिर गरे ।

‘हामी राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास नै दिन सकेन, यसले खोई प्रधानमन्त्री बनाउन सकेको ? यसले खोई संसद्लाई नियन्त्रण गर्न सकेको, यसले खोई कानुन बनाउन सकेको ?,’ राउतले भने ।

आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको उनले बताए ।

‘धैयर्ता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन,’ राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?