+
+

बाबुरामको टिप्पणी- तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १५:०३

२७ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।

आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने ।

सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।

‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने ।

साथै, उनले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्ने बताए ।

‘हामीले समस्याको समाधान के ? समाधान पहिचान गर्नुपर्‍यो भनेर वास्तविक चर्चा गरेका छौं । थुप्रै समस्या छन् नेपालमा ? नेपाल किन विकास भएन भन्ने विषयमा प्रश्न गर्दै राजनीतिमा लागेको कारणले अल्पविकास, बेरोजगारी, परनिर्भरता र आर्थिक समस्या नै नेपाली समाजको समस्या हो,’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?