+
+
Shares

काठमाडौं महानगरले गुन्डागर्दी प्रदर्शन गरिरहेको छ : प्रभु साह

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद साहले काठमाडौंको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १५:४५

२७ माघ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद साहले काठमाडौंको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् ।

‘आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला भएको छ । कथित महानगरका प्रहरी भन्नेहरूको जत्थाले गम्भीर घाइते बनाएका छन् । म विशेष आग्रह गर्न चाहन्छु कानुन र अदालतको आदेश विपरीत जसरी काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रस्तुत गरिरहेको छ । सरकार कानुन बहालीका लागि के सक्षम होइन ? सक्षम हो भने सबैको जीउधनको सुरक्षा गर्न सक्रियता देखाओस्,’ साहले भने ।

आइतबार टेकुमा कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको महानगरको भनाइ छ । झडपमा ५ जना घाइते भएका छन् ।

नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।

‘हामीले अवैध संरचना हटाइरहेका छौं, सोही क्रममा टेकु पुगेका थियौं । हामी जाने बित्तिकै उनीहरूले सिसाको बोत्तल हान्न थाले, हाम्रा दुई प्रहरी पनि घाइते भएका छन्, हामीले आत्मसुरक्षा गर्दा केही कवाडी व्यवसायी पनि घाइते भएका होलान,’ जोशीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?