+

नेपाल र चीनको युनान युवा टोलीबीच मैत्रीपूर्ण फुटबल हुँदै

२०८१ माघ  २७ गते १६:१२ २०८१ माघ २७ गते १६:१२
नेपाल र चीनको युनान युवा टोलीबीच मैत्रीपूर्ण फुटबल हुँदै

२७ माघ, काठमाडौं । आगामी फागुन ३ गते काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्पा को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।

यस मैत्रीपूर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्ने अपेक्षा रहेको एन्फाले जनाएको छ ।

यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने जनाइएको छ ।

मैत्रीपूर्ण खेलको अनुमानित बजेट रु ३८ लाख ९० हजार रहेको जनाउँदै एन्फाले खेललाई सफल बनाउन विशेष योगदान पुऱ्याएकोमा चिनियाँ दूतावासलाई विशेष धन्यवाद ज्ञापन समेत गरेको छ ।

खेलको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ नेपाली खेलाडीहरू हाल बन्द प्रशिक्षणमा रहेका छन् ।

नेपाली युवा फुटबल टोली मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय