
२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियार अझै असुरक्षित रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषयमा सरकार गम्भीर भएको अनुभूत गर्न नसकिएको बताए ।
‘अन्तरजातीय विवाह गर्नेलाई ३० हजार धरौटी लिने जिल्ला न्यायाधीश गैर कानुनी रुपमा विदेश गएर पक्रिने एसपी, निर्देशन गर्ने प्रहरी महानिरीक्षकलाई कारबाही गर्न नसक्ने गृहमन्त्रीलाई सडकबाट राजनीनामा दे भन्दा हुन्न हामीले कसरी भन्ने ?,’ माओवादी सांसद बरालीको प्रश्न छ ।
यो विषयमा संसदीय छानबिन समिति बनाउन पनि उनको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4