+
+

एकीकृत समाजवादी निकट विद्यार्थी संगठनमा समानान्तर कमिटी घोषणाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १६:३५

२७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व विवाद सतहमा आएको छ ।

माधवकुमार नेपालले अपानि जारी गरी आरती लामालाई अनेरास्ववियूको अध्यक्षबाट हटाएपछि समानान्तर गतिविधि भइरहेका छन् ।

संस्थापन पक्षले तत्कालीन महासचिव महेश श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । विद्यार्थी इन्चार्ज रामकुमारी झाक्री र सहइन्चार्ज भीम राई सहभागी बैठकबाट श्रेष्ठ अनेरास्ववियू अध्यक्ष चयन भएका हुन् । श्रेष्ठ नेतृत्वको अनेरास्ववियूमा पार्टी केन्द्रीय सदस्य नभएका अरु विद्यार्थी नेताहरुलाई पदाधिकारीमा समेटिएका छन् ।

तर अपानिबाट पदमुक्त भएका लामा पक्षधर नेताहरुले समानान्तर नेतृत्व बनाउने घोषणा गरेका छन् । १७ जना पूर्वपदाधिकारीहरुले संयुक्त बक्तव्य जारी गरी समानान्तर नेतृत्व घोषणा गर्ने जानकारी दिएका हुन् ।

‘संगठनलाई सामुहितामा प्रवेश गर्न नदिने र झन संकीर्ण जडतामा कैद गर्ने यस्तो निर्णय शत प्रतिशत गलत भएको हाम्रो सामुहिक निष्कर्ष छ । त्यसर्थ देशैभरिका संगठनका निष्ठावान नेता/कार्यकर्ताहरुको संगठन प्रतिके चिन्ता र चासोलाई मध्य नजर गर्दै यथाशिघ्र केन्द्रीय कमिटी घोषणा गरिने जानकारी गराउँदछौं’, बक्तव्यमा भनिएको छ ।

संस्थापनविरुद्ध असन्तुष्ट मिलन राईका अनुसार ७ मध्ये ६ प्रदेश अध्यक्षले नयाँ नेतृत्व चयनका पक्षमा उभिएका छन् । ‘हामीले बनाउने नेतृत्व समानान्तर होइन, मूल संगठन हुनेछ’, उनी भन्छन् ।

हेर्नुहोस् पत्र :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?