+
+
Shares

शिक्षामन्त्री भट्टराई अस्वस्थ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १६:३१

२७ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्वस्थ भएकी छिन् ।

आफू अस्वस्थ रहेको र आजका कार्यक्रम तथा बैठकहरूमा उपस्थित हुन नसक्ने उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

‘हिजो देखि स्वास्थ्यमा समस्या देखिएको कारण मन्त्रालय, आजका सबै बैठक र कार्यक्रममा उपस्थित हुन नसक्ने व्यहोरा जानकारी गराउन चाहन्छु । असमर्थताको लागि क्षमाप्रार्थी छु,’ उनले भनेकी छिन् ।

सचिवालयका अनुसार चिकित्सककको सल्लाहअनुसार मन्त्री भट्टराई निवासमै आरम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?