+

रितको शतकमा सीइसीले जित्यो काठमाडौं जिल्ला छनोट

२०८१ माघ  २७ गते १७:१४ २०८१ माघ २७ गते १७:१४
रितको शतकमा सीइसीले जित्यो काठमाडौं जिल्ला छनोट

२७ माघ, काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टर (सीइसी)ले प्रधानमन्त्री कप पुरूष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न फाइनलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १०७ रनले पराजित गर्दै सीइसी च्याम्पियन बनेको हो ।

सीइसीले दिएको २६२ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले २६.५ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । ग्रेट हिमालयका इशान पाण्डेले अविजित १०७ रनको शतकीय पारी खेलेपनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सीइसीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६१ रन बनाएको थियो। रित गौतमले सर्वाधिक ११३ रन बनाएका थिए भने विरेन्द्र धनाडीले ६७ र पृथु बास्कोटाले ४१ रन बनाए।

ग्रेट हिमालयका इशान पाण्डेले सर्वाधिक ४ विकेट लिए। किरण बूढामगरले ३ विकेट लिँदा दर्शिल विष्टको नाममा एक विकेट रह्‍यो ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट इशान घोषित भए। त्यस्तै उत्कृष्ट ब्याटर महावीरका सोनु देवकोटा र उत्कृष्ट बलर न्यु भिजन क्लबका मनसुन सिंह घोषित भए।

क्रिकेट एक्सिलेन्स सेन्टर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय