+
+
Shares

आहारारा पोखरा गोल्डकप : मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते २०:१०

पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा टाइब्रेकरमा ४-२  गोलान्तरले  हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।

अब थ्री स्टारले थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा थ्रीस्टारले बाजी  मार्‍यो ।

मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन । यसपटक पनि क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?