+
+
Shares

धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १७:३१

२७ माघ, काठमाडौं । सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ का ५२ वर्षीय नरेन्द्रराज राई छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धार्मिक सहिष्णुता खलल पुर्‍याएको, घृणा वा द्धेष फैलाएको र जातजातीबीचको समधुर सम्बन्ध खलल पुर्‍याएको आरोप छ ।

पक्राउ परेका राईविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?