+
+
Shares

प्‍यारागन पब्लिक स्कुलमा स्टिम प्रदर्शनी, विद्यार्थीहरूले बनाए पानीबाट चल्‍ने रकेट

स्टिम प्रदर्शनीमा रोबोटिक्स, प्रेसर रकेट, वाइन्ड मिल, ज्वालामुखी, कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), फूड शीपलगायतका सिकेका सामग्रीहरू राखिएको प्यारागन पब्लिक स्कुलका कन्सल्टयान्ट रविन काफ्लेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १९:३८

२७ माघ, काठमाडौं। प्‍यारागन पब्लिक स्कुलले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) मा आधारित एक दिने प्रदर्शनी आयोजना गरेको छ । विद्यार्थीमा रहेको ज्ञान,सीप र दक्षतालाई उजार गरेर व्‍यवहारमा सिकाउन स्टिम प्रदर्शनी गरिएको प्यारागन पब्लिक स्कुलका कन्सल्टयान्ट रविन काफ्लेले बताए ।

उनले भने, ‘विद्यार्थीहरूमा ज्ञान,सीप र दक्षतालाई उजार स्टिम शिक्षाको प्रदर्शनी गरेका हौं। यो प्रदर्शनीमा कक्षा-१ देखि १०सम्मका विद्यार्थीहरूले आफूले सिकेका कुरा व्यवहारमा उतार्न सिक्छन् ।’

उनका अनुसार स्टिम प्रदर्शनीमा रोबोटिक्स, प्रेसर रकेट, वाइन्ड मिल, ज्वालामुखी, कोडिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), फूड शीपलगायतका सिकेका सामग्रीहरू राखिएका थिए ।

साथै कक्षा १० का विद्यार्थीहरूले विज्ञानमा आधारित चालको तेस्रो नियमको आधारमा वाटर प्रेसर रकेट प्रदर्शन गरेका थिए ।

प्रदर्शनीमा आफूले सिकेका सीपहरू व्‍यवहारमा बनाउने र देखाउन सक्ने क्षमता प्रदर्शन गर्ने प्यारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दीनले बताए ।

‘विद्यार्थीहरूमा अथाह सृजनाको खानी हुन्छ। उनीहरूलाई जस्तो सिकायो त्यस्तै बन्छन् । त्यसकारण हामीले किताबी ज्ञानमा पढेका कुराहरूलाई स्टिम एजुकेशनमार्फत व्‍यवहारमा उतार्न सिकाइदिएका छौं । यसले उनीहरूमा सिर्जनशीलता, खोज, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्न प्रतिस्पर्धा गराउन हौसला मिलेको छ। ’ उनले भने ।

यता, सरकारले विश्वविद्यालयका विद्यार्थीमा सिर्जनशीलता, खोज, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्न प्रतिस्पर्धा गराउन विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रमलाई प्रोत्साहन गर्न एआई नीतिसमेत ल्याएको छ । जसमा स्थानीय तह र प्रदेशमा सिर्जनशीलता, खोज, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन प्रोत्साहन गर्न एआई राष्ट्रिय सेन्टर खोल्ने तयारी समेत गरिनेछ ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?