
२८ माघ, सुर्खेत । मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल भगवतीमाई गाउँपालिका-१, मौलेसालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी डुंगेश्वर गाउँपालिका–२, लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडकमै अड्केको र थापा सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेर घाइते भएको अवस्थामा उद्धार गरी दैलेख अस्पताल पुर्याइएको थियो । अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4