+
+
Shares

अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते ८:०७

२८ माघ, धनगढी । अछाममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो मेल्लेख गाउँपालिका-५ को कौलेनामा ढुङ्गा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोसँगै खसेको ढुङ्गा लागेर सोही ठाउँ बस्ने ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । ४८ वर्षीय भीमबहादुर खड्का भने घाइते भएका छन् ।

उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?