+
+
Shares

शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते ९:०२

२८ माघ, काठमाडौं । शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत खुम्चिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ करोड ६८ लाखमा खुम्चिएको हो । गत आवको यसै अवधिमा यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो ।

आम्दानी घट्नुले नाफा घटेको देखिन्छ । पहिले ३ अर्ब ५१ करोड आम्दानी रहेकोमा अहिले ३ अर्ब १० करोडमा खुम्चिएको छ । वित्तीय लागत उल्लेख्य घटेको छ ।

यस्तो लागत पहिले ३ करोड ८० लाख रुपैयाँ रहेकोमा अहिले ४२ लाखमा झरेको छ । प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी २ रुपैयाँ ८ पैसामा झरेको छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा छ । ५ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ ६० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?