
२८ माघ, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड १६ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २१ करोड ९७ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी पहिले २ अर्ब ६२ करोड रहेकोमा अहिले ३ अर्ब ११ करोड छ । प्रिमियम आम्दानीबाहेक लगानीवापतको आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ७४ करोड रहेकोमा अहिले ७९ करोड छ ।
चुक्ता पूँजी केही बढ्दा नाफा बढे पनि प्रतिसेयर आम्दानी खुम्चिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा छ । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा छ भने बजार मूल्य हाल प्रतिकित्ता ४२९ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4