+

स्पेनिस ला लिगा : १० खेलाडीमा‌ सीमित बार्सिलोनाको फराकिलो जित

२०८१ माघ  २८ गते ९:२७ २०८१ माघ २८ गते ९:२७
स्पेनिस ला लिगा : १० खेलाडीमा‌ सीमित बार्सिलोनाको फराकिलो जित

२८ माघ, काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा १०‌ खेलाडीमा‌ सीमित बार्सिलोनाले‌ सेभिल्लालाई ४-१ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले १-१ गोल गरे । सेभिल्लाका लागि रुबेन भार्गासले १ गोल गरे ।

खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै भार्गासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

४६औं मिनेटमा लोपेजले गोल गरेपछि बार्सा पुनः खेलमा अगाडि आयो । ५५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता फराकिलो बनाए । ६२औं मिनेटमा लोपेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि बार्साले थप एक गोल गर्‍यो । एरिक गार्सियाले ८९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको ४-१ को जित पक्का गरे ।

जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल मड्रिड र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी घटाएको छ । बार्सिलोनाको २३ खेलमा ४८ अंक भएको छ । रियलको ५० र एट्लेटिकोको ४९ अंक छ ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय