२८ माघ, पोखरा । गुरूङ चलचित्रकी नायिका माया गुरूङले पोखराको सहारा फुटबल एकेडेमीका बालकहरुलाई जर्सी सेट सहयोग गरेकी छन् ।
पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकप प्रतियोगिताको अवलोकनका लागि हङकङबाट आइपुगेकी उनले सहारा क्लबले सञ्चालन गरेको एकेडेमीमा रहेको बालकहरुलाई जर्सी सेट सहयोग गरेकी हुन् ।
उनले आफ्ना छोरा हिमालको जन्मोत्सव अवसर पारेर एकेडेमीमा आश्रित ३० जना बालकहरुका लागि जर्सी सेट सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेकी हुन् ।
पूर्व फुटबल खेलाडीको समेत पहिचान बनाएकी उनी सहारा हङकङकी संस्थापक सदस्य एवं जिफान हङकङ अध्यक्ष हुन् ।
प्रतिक्रिया 4