+
+
Shares

तुलसी घिमिरे बिरामी हुँदा रोकियो ‘पहाड’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १२:१९

काठमाडौं । निर्देशक तुलसी घिमिरे बिरामी हुँदा उनको प्रतीक्षित फिल्म ‘पहाड’को छायांकन रोकिएको छ । मंगलबार गोरखा दरबारमा पूजाआजा गर्दै छायांकन सुरु भएको थियो ।

एकदिन सुटिङ भए पनि भोलिपल्ट घिमिरेको स्वास्थ्य असहज भएपछि तत्काललाई छायांकन रोकिएको हो । घिमिरेको यतिबेला चितवनको एक अस्पतालमा उपचार भैरहेको छ । उनी केही दिनदेखि अस्पतालमा भर्ना छन् ।

फिल्मका निर्माण नियन्त्रक अरुण रेग्मीका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आइरहेको र चाँडै डिस्चार्ज हुने पर्खाइमा आफूहरू रहेको बताए । ‘फिल्मको सुटिङ कहिलेदेखि सुरु हुन्छ भन्ने कुरा उहाँको डिस्चार्ज र स्वास्थ्य अवस्थामा भर पर्छ’ रेग्मीले भने ।

चिसोको कारण निर्देशक घिमिरेको स्वास्थ्य अवस्थामा समस्या आएको रेग्मीले बताए । तर, चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएकाले ‘पहाड’को छायांकन ठ्याक्कै कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन । यद्यपि, केही दिनको अवस्था हेरेर सुटिङको मिति तय गरिने रेग्मीको भनाइ छ ।

‘दर्पण छायाँ २’ पछि घिमिरे ‘पहाड’बाट ७ वर्षपछि पुनरागमन गर्न लागेका हुन् । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, पंचमी घिमिरे, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनील थापा, प्रियंका कार्की, आशा पौडेल, रेणु योगी, अंकित खड्काको अभिनय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?