+
+
Shares

नेपाली महिलालाई गैरकानुनी तरिकाले कुवेत पुर्‍याउनेलाई कारबाही गर्न सांसद खनालको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १४:२५

२८ माघ, काठमाडौं । गैरकानुनी तरिकाले नेपाली महिलालाई कुवेत पुर्‍याउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद खनालले यस्तो माग गरेका हुन् ।

सरकारले झन्डै १० वर्षअघि कुवेतमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि त्यहाँ अहिले काम गर्ने नेपाली महिलाको संख्या दुई गुणा बढेर ५० हजार जति पुगेको उनले बताए ।

कुवेतमा रहेका नेपाली महिलाहरूको यो तथ्यांकले सरकारको स्थापित नीतिलाई नै खिल्ली उडाउने काम भएको उनले यसले नेपालको वैदेशिक सम्बन्ध र कूटनैतिक क्षमता नै स्खलित भएको बताए ।

उनले भने, ‘सजिलोसँग आम्दानी हुने प्रलोभनमा परेर जाने महिलाहरू अत्यन्त कम तलबमा काम गर्न बाध्य छन् । उहाँहरूले मानसिक र शारीरिक शोषण सहनु परेको छ । सुरक्षा खोज्दै आउनेहरूलाई  नेपाली राजदूतावासको ८ जना अट्ने सेल्टरमा  ४०-५० जना राख्नु परेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?