+
+
Shares

चाबहिलमा एक युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १४:४०
फाइल तस्वीर

२८ माघ, काठमाडौं । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ ।

चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् ।

यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीका एक अधिकृत अनुसार घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ ।

घटनाबारे थप विवरण भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?